INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १२ गते कौडेना गाउँपालिका–५ मोतिपुरका ३७ वर्षीय दिनेश महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई ०८० कात्तिक ३ गते बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो ।

घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित महतो फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते सर्लाही जिल्ला अस्पतालमा भएको डिएसपी थारुले जानकारी दिनु भयो ।

अन्य

भिडियो