१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चेश्वर गाउँपालिका– ४ का १७ वर्षीय बालकलाई ०८० कात्तिक १२ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८० असार २७ गते र भदौ २३ गते राति घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित बालक विरुद्ध कात्तिक १२ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर योगेश खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १२ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको छ ।