INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सबैलाले सबैला नगरपालिका-११ का ३५ वर्षीय विष्णुदेव ठाकुरलाई ०८० कात्तिक १० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरुद्ध दिएकाे माैखिक उजुरीकाे आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धनुषा पठाएकाे इलाका प्रहरी कार्यालयका इन्सपेक्टर सुन्दर चाैलागाइले जानकारी दिनु भयाे । त्यस्तै पीडितलाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भयाे ।

पीडित पक्षले भन्नु भयाे,” पीडितलाई भुत लागेकाेले उनलाई दशैँको महाअष्टमीको दिन झारफुक गराइ भुत भगाउन आरोपित कहाँ गएका थियाैं । साथै आरोपितले पनि झारफुक गरी भुत भागाइदिने अश्वासन दिएका थिए । सोही दिन झारफुककाे लागि आरोपितले पीडितलाई राति सबैलाकै एक स्मसान घाटमा लगे । तर, समय धेरै लागेपछि खोज्न जाँदा झारफुक गरी भुत भगाउने भनि अश्वासन दिएका आरोपित धामीले पीडितलाई बलत्कार गरी बेहाेस अवस्थामा छाडी भागिसकेका थिए । त्यसपछि पीडितलाई कात्तिक १० गते राति नै प्रादेशिक अस्पताल जनकपुरधाममा लगेका थियाैं ” ।

घटनाका बारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्न अवाले जानकारी दिनु भयाे ।

अन्य

भिडियो