१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा औरही गाउँपालिका–५ का शम्भु दासलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० कात्तिक १० गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई कात्तिक ५ गते बलात्कार गरेको तर, घटना बारे पछि मात्र जानकारी भएकाेले कारबाहीको लागि कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पतालमा कात्तिक १० गते गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रराज पाण्डेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।