१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका-२ का १९ वर्षीय आजाद सिद्धिकिलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ८ गते स्थानीय मेलामा यौन दुर्व्यवहार गरेको पीडित पक्षकाे आरोप छ ।
आरोपितविरूद्ध पीडित पक्षले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ८ गते गरिएको छ।