INSEC Online

📅 २०८३ जेष्ठ २२

सांस्कृतिक कार्यक्रममा कलाकारमाथि ढुङ्गामुढा प्रहार

सबैला नगरपालिका–३ स्थित श्री श्री १ सय ८ श्री दुर्गा पूजा मेला समितिले ०८० कात्तिक ६ गते आयोजना गरेको सांसकृतिक कार्यक्रममा टिकटक कलाकार प्रीति पासवान र उनका टिममाथि दर्शकहरूले ढुङ्गामुढा तथा चप्पल जुत्ता प्रहार गरेको छ ।

मेला समितिका अध्यक्ष रामएकवाल नायकका अनुसार मादक पदार्थ सेवन गरेका केटाहरूकाे समूह र राजनीतिक गुटबन्दीका कारणले कलाकारहरू माथि ढुङ्गामुढा प्रहार भएको बताउनु भयो । तर, प्रत्यक्षदर्शीहरूका अनुसार कलाकार प्रीति पासवान र स्थानीय ३७ वर्षीय सुरेन्द्र पाण्डेको नृत्य, उच्छृङ्खल गतिविधि र अश्लील हाउभाउको क्रममा दर्शकहरूको भीडले उनीहरूमाथि ढुङ्गामुढा, चप्पल जुत्ता र बियरको बोतल समेत प्रहार गर्न थालेकाे बताउनु भयाे ।

त्यस्तै, प्रदर्शन भइरहेको अश्लील हाउभाउ सहितको नृत्य र उच्छृङ्खल गतिविधिलाई इलाका प्रहरी कार्यालय सबैलाको टोलीले रोक्न तथा बन्द गर्न मेला समितिसँग अनुरोध गर्दा प्रहरी र दर्शकबीच झडप भएको इन्सपेक्टर सुन्दर चौलागाईले जानकारी दिनु भयो । उत्तेजित भीडले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको इन्सपेक्टर चौलागाइले बताउदै झडपको क्रममा २९ वर्षीय प्रहरी हवल्दार चन्देश्वर पासवान, २५ वर्षीय प्रहरी जवान अशोक राय यादव र २३ वर्षीया महिला प्रहरी जवान त्रिपुरा अचार्य घाईते भएको उहाँले बताउनु भयो ।

घाइतेहरूको उपचार सबैला स्वास्थ्य उपचार केन्द्र सबैलामा भइरहेको र स्वास्थ्य अवस्था समान्य रहेको चौलागाईले जानकारी दिनु भयो ।

अन्य

भिडियो