आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका-१ स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका-३ सीमानगर बस्ने ३१ वर्षीय रवि खत्रीलाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गएकिो इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।