१८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीलेसुनवल नपा-९ स्वाठीका १९ वर्षीय आशिष यादवलाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले साउन ७ गते बलात्कार गरको भन्दै पीडित परिवारले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ९ गते नै जिल्ला अस्पताल नवलपरासीमा गरिएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सई टिकाराम पोख्रेलले जानकारी दिए ।