आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका-५ आमबाडीका ५५ वर्षीय फुलसिंह ताजपुरियालाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० असोज २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय शिवगञ्जमा सोही दिन उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई कात्तिक १ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा कात्तिक १ गते गरिएको छ ।