१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ का २४ वर्षीय रुद्धनारायण केवटलाई असोज २८ गते अमौलिबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज २८ गते गैडहवा गाउँपालिकामा रहेको खाजा पसलबाट फोहोर फाल्न गएको बेला घेरा हालेर यौन दुर्व्यवहार गरेको पीडितले पक्षले रुद्धनारायण केवट, २२ वर्षीय सिकन्दर केवट, २० वर्षीय विकास लोध र २२ वर्षीय किस्मत लोध विरूद्ध असोज २९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको र फरार आरोपितहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङ्गले फोन मार्फत बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं २८ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।