INSEC Online

📅 २०८३ जेष्ठ २२

भरतपुर-१९ को मुद्दा आज पनि टुङ्गिएन, हेर्दाहेर्दैमा

भरतपुर महानगरपालिका-१९ मा नम्बर वडामा पुनः मतदान वा मतगणना भन्ने विवादका बिच परेको मुद्दामा साउन ८ गते सुनुवाइ भए पनि कुनै निर्णय आउन सकेन ।

यस मुद्दा हाल सर्वोच्चमा हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरे पनि हेर्दाहेर्दैमा रहेपछि साउन ९ गते पनि सुनुवाइ जारी रहने भएको हो ।

यसअघि साउन २ गते भएको सुनुवाइ हेर्दाहेर्दैमा रहेपछि न्यायाधीश भण्डारीको विदेश भ्रमणपछि साउन ८ गतेका लागि पेशी तोकिएको थियो ।

भरतपुर महानगरपालिका-१९ नम्बर वडाको मत गन्ने क्रममा जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

अन्य

भिडियो