INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालिन्चोक गाउँपालिका-५ का २७ वर्षीय उमेश राजिब थामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज २९ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले असोज २८ गते भीमेश्वर नगरपालिका-३ को एक होटलमा बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २८ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो । फरार आरोपितलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो