२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-५ का ४० वर्षीय हरिराम केवटलाई साउन ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोपमा पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ६ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।