INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इलाम, फाकफोकथुम गाउँपालिका स्थायी घर भइ दमक नगरपालिका-१ मा बस्दै आएकी २१ वर्षीया पत्नी सुनिता सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय  दिनेश सुनुवारलाई असोज २६ गते गिरफ्तार  गरेको  छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले ०८० असोज २५ गते पत्नीलाई कुटपिट गरेका थिए ।

कुटपिटको घाइतेको प्राथमिक उपचार दमक अस्पतालमा गरिएको र थप उपचार विराटनगरस्थित नोवेल अस्पतालमा भइरहेको अवस्थामा असोज २६ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय, दमकका डिएसपी मनोजकुमार लामाले बताउनु भयो ।

पीडित पक्षले असोज २६ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी लामाले बताउनु भयो ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा असोज २७ गते गरिएको छ ।

अन्य

भिडियो