पाँच जना बालिकाहरूलाई बेचबिखनको लागि भारत लैजान खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालयले भारत, जिल्ला मोतीहारी पूर्वी चम्पारण बिहार थाना ढाका बिक्रमपूरका १८ वर्षीय कबि कुमार पाललाई ०८० असोज २४ गते गिरफ्तार गरेको छ ।
१३ वर्षीया एक, १४ वर्षीया दुई र १६ वर्षीया दुई जना गरी पाँच जना बालिकालाई बेचबिखनको लागि भारत लग्ने तयारीमा रहेका आरोपित पाललाई वीरगंजको रानीसति धर्मशालाबाट गिरफ्तार गरेको डिएसपी दधिराम न्योपानेले जानकारी दिनु भयो । साथै बालिकाहरूलाई उद्धार गरी परिवारको जिम्मा लगाएको उहाँले बताउनु भयो ।
घरबाट असोज २२ गते बिहान निस्किएका बालिकाहरू अभिभावकको सम्पर्कमा नआउँदा पीडित परिवरले बालिकाहरूको खोजतलासको लागि असोज २३ गते बेलुका जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । पीडित परिवारले दिएको सूचनाको अधारमा खोजतलास गर्दा भारतको रक्सौल जाने तयारीमा रहेका पाँच जना बालिकाहरूको उद्धार गर्न सफल भएको डिएसपि न्योपानेले बताउनु भयो ।