१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई इलाका प्रहरी कार्यालय लहानले साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सोही दिन भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाएको बताए ।