आठ वर्षीया बालिकालाई असार १५ गते बलात्कार गरेको अरोपमा प्रहरीले लालबन्दी नगरपालिका-१० पत्थरकोटका २५ वर्षीय ज्ञानबाहादुर रुम्बालाई साउन ३ गते गिरफ्तार गरेको छ ।
घटना असार १५ गतेको भएपनि पीडित पक्षले ढिलो गरी जानकारी गराएपछि प्रहरीले आरोपित रुम्बालाई पत्थरकोटबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
पीडित पक्षले साउन ३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते नै जिल्ला अस्पताल मलङ्गवामा गरिएको प्रहरीले जनाएको छ ।