४५ वर्षीया महिलालाई ०८० असोज २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–५ खलिगाडका नरेश जोशीलाई असोज २४ गते गिरफ्तार गरेको छ ।
पीडितले आरोपित विरुद्ध असोज २३ गते उजुरी दिएपछि आरोपित जोशीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर योगेश खत्रीले बताउनु भयो ।
पीडित पक्षका अनुसार आरोपित जोशीले असोज २१ गते बिहान मेलौली नगरपालिका–६ को लामाखोला जङ्गलमा महिलालाई बलात्कार गरी फरार भएका थिए । फरार रहनु भएका आरोपित जोशीलाई लामालेक बजारबाट गिरफ्तार गरेको इन्स्पेक्टर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८० असोज २३ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।