विराटनगर महानगरपालिका-१९ धनपुराकी ३० वर्षीया जितनी सहनीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति उपेन चौधरीलाई असोज १९ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा ०८० असोज १३ गते पत्नीलाई खुकुरी गरी हत्या गरेको आरोपमा उपेनलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताउनु भयो ।
पत्नीलाई खुकुरी प्रहार गरी हत्या गरेर उपेन भागेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई असोज १९ गते विराटनगरबाट गिरफ्तार गरिएको डिएसपी दाहालले बताउनु भयो ।
शवको पोष्टमार्टम असोज १४ गते कोशी अस्पतालमा गरिएको छ ।
पीडित पक्षले शव बुझी विराटनगर महानगरपालिका-८ स्थित सिङ्घीया घाटमा असोज १४ गते शवको सद्गत गरेको छ ।