INSEC Online

📅 २०८३ जेष्ठ २२

लेकम गाउँपालिका क्षेत्रमा स्टेचर नहुँदा सास्ती खेप्दै बिरामी

लेकम गाउँपालिकाका स्वास्थ्य चौकीमा स्टेचर नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा स्टेचर नहुँदा बिरामीलाई काठमा झुन्ड्याएर बोक्नु पर्ने बाध्यता भएको हो ।

लेकम गाउँपालिका–५ पिर्तोलीका ४५ वर्षीया भागरथी भट्टलाई ०८० असोज १५ गते बेलुका ७ बजेतिर एक्कासी पेट दुख्ने, हातखुट्टा सुन्निने, छाती दुख्ने समस्या भयो । गाउँमा स्टेचर खोजी भयो तर कहि भेटिएन् । नजिकैको स्वास्थ्य चौकीमा गए पनि स्टेचर नेभटिएपछि परिवारका सदस्य आत्तिए । स्टेचर नपाएपछि स्थानीयले महिलालाई काठमा झुण्ड्याएर मेडिकलसम्म लिनुपरेको बिरामीका छोरा नवराज भट्टले बताउनु भयो ।

Exif_JPEG_420

अस्पताल लैजान पनि राति भइसकेको थियो । घरमा गर्नु पर्ने उपचार सबै गरियो । निको नभएपछि उहाँहरुले असोज १६ गते बिरामीलाई शैल्यशिखर नगरपालिका–६ पनेबाजस्थित अस्पताल पुर्‍याएर उपचार गराएका छन् । बिरामीलाई काठमा बाधेर पाँच किलोमिटर बढि लगिएको उहाँले बताउनु भयो ।

गाउँकै अर्को वडाबाट स्टेचर ल्याउन तीन घण्टा बढि समय कुर्नु पर्ने भएपछि स्थानीयले काठमा डोरी बाधेर बिरामी बोकेका हुन् । लेकम गाउँपालिका–५ चौपातासम्म सडक पुगे पनि वर्खामा अवरुद्ध भएयता खुलेको छैन् । जसको कारण बिरामीलाई काठमा बोकेरै लिनुपर्ने बाध्यता छ । ‘सडक खुलेको भए पनि बिरामीले सास्ती भोग्नुपर्दैन थियो,’ उहाँले भन्नु भयो, ‘विकटबस्तीबाट घण्टौँ हिडाएर अस्पतालसम्म पुर्‍याउँदा ज्यानको निकै जोखिम छ ।’

उहाँहरु मात्रै हैन सोही ठाउँका अञ्जु बोहरालाई अस्पताल लिन स्टेचर अर्को गाउँबाट ल्याउनु परेको स्थानीय पुष्कर बोहराले बताउनु भयो । ‘आधा घण्टा हिडेर अर्को गाउँ गएर स्टेर ल्यायौँ । गाउँमा स्टेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन मुस्किल छ ।’

photo20231009darchula (2)

‘सडक सञ्चालनमा रहेको भए जनताले दुःख पाउने थिएनन्,’ पुष्कर बोहराले भन्नु भयो, ‘सडक मर्मत तथा सुधार गरिएको छैन् । सुत्केरी, बिरामी हुँदा उपचारका लागि लैजान गाउँमा स्टेचरको समस्या हुने गरेको छ ।’ पिर्तोलीमा मात्रै ५० बढि परिवारको बसोबास छ ।

लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको रिठचौपाता स्वास्थ्य चौकीमा समेत स्टेचर अभाव रहेको स्वास्थ्य चौकी इन्चार्ज दामोदर जोशीले बताउनु भयो । म आएको एक वर्ष भयो । स्टेचर खरिद गरिएको छैन् । एउटा भाचिएको स्टेचर थियो । त्यो पनि गाउँमा लगेर फिर्ता नगरेपछि बिरामी बोक्न समस्या भएको हो ।

वडा अध्यक्ष बलदेवसिंह बोहराले स्टेचर समस्या बारे आफूलाई जानकारी नभएको बताउनु भयो । आफू जनप्रतिनिधि हुँनु भन्दा अगावै हरेक गाउँमा स्टेचर खरिद गर्न लगाएको थिए । अहिले आफू जनप्रतिनिधि भइसकेपछि स्टेचर बारे स्वास्थ्य संस्थाले जानकारी गराएन् । स्टेचर समस्या समाधान हुँने गरी कार्यपालिका बैठकबाट निर्णय गराएर सबै गाउँमा स्टेचर खरिद गरिने बोहराको भनाइ छ । सबैले लापारबाही गरेकै कारण अहिले स्टेचरको समस्या देखियो । अब सबै गाउँ–गाउँ पुग्ने गरी स्टेचर खरिद गरिन्छ, उहाँले भन्नु भयो ।

photo20231009darchula (3)

 

अन्य

भिडियो