INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

सिद्ध कुमाख गाउँपालिका–४ खार्बन बस्ने ४९ वर्षीया गणेसी रोकाको ०८० असोज १५ गते हत्या गरेको आरोपमा आफ्नै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीलाई प्रहरीले असोज १९ गते गिरफ्तार गरेको छ ।

घरायसी झै–झगडालाई मुख्य कारण बनाएर आफ्नै सासुको दाउराले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम असोज १९ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।

आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट असोज २१ गते ७ दिनको म्याद थप गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताउनुभयो ।

अन्य

भिडियो