आफ्ना पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय खारेज हुनुपर्ने माग गर्दै माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएकी भारती शेर्पाको समर्थनमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले ०८० असोज १९ गते माइतीघरबाट गिरफ्तार गरेको छ । संविधान दिवसको अवसरमा असोज ३ गते दोषीलाई ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेल विरुद्ध अभिव्यक्ति दिएपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।
प्रहरी गिरफ्तारीमा पर्नेहरूमा बाग्लुङका ३२ वर्षीय सोम शर्मा, बाँकेका ३० वर्षीय आशिष मल्ल ठकुरी, कञ्चनपुरका २५ वर्षीय यादव सिंह ठकुरी, काठमाडौँकी ३३ वर्षीया जेनिशा बोहोरा र काठमाडौँका २७ वर्षीय उद्धव बस्नेत रहेका छन् ।
गिरफ्तारीमा परेकाहरूलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।