म्याङलुङ नगरपालिका–९ की २२ वर्षीया वर्षा लिम्बूलाई कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति राज लिम्बूलाई असोज १७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८० असोज १७ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।
कुटपिटबाट घाइते पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।