INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास ठहर गर्दै तीन वर्ष ६ महिना कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  तानसेन नगरपालिका–१२ का २६ वर्षीय राजु बिकलाई असोज १६ गते तीन वर्ष ६ महिनाको कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई तीन वर्ष ६ महिनाको कैद फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवबहादुर थापाले बताउनु भयो ।

पीडितले आरोपितलाई २०७९ जेठ २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई जेठ २६ गते  घरबाट गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो