INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० असोज १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८० असार ६ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ८ गते उजुरी दिएको पीडितका पिताले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार ८ गते भएको थियो ।

घटना पश्चचात फरार रहेका आरोपितलाई गिरफ्तार गरी कारबाहीको लागि म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले बताउनु भयो

अन्य

भिडियो