INSEC Online

📅 २०८३ जेष्ठ २१

पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन शिक्षिका आमरण अनसनमा

पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन  शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयको परिसरमै आमरण अनसनमा बस्नु भएको छ ।

शिक्षक सेवा आयोगबाट २०७९ माघ २३ गते लमजुङ जिल्लाबाट निम्न माध्यामिक तहमा सिफारिस भई पदस्थापना पाउनुभयो तर उक्त विद्यालय भौगोलिक रुपमा विकट लमजुङको दोर्दी गाउँपालिकाको बालकल्याण विद्यालयमा परेकाले आफू त्यहाँ सेवा गर्न शारिरक रूपले नसक्ने हुँदा उहाँले आफूलाई पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्नुभएको थियो ।  विद्यालयले पनि त्यहाँ काम गर्न गाह्रो हुन्छ भनेर गाउँपालिकालाई अन्यत्र व्यवस्थापन गर्न लिखित अनुरोध गरेको थियो । तर गाउँपालिका देखि मन्त्रालय र विभागमा पटक पटक धाउँदा पनि उहाँका कुरा कतै सुनुवाई नभएको शोभाले बताउनुभयो ।

आठ महिनासम्म उहाँले हाजिर हुने ठाउँ कतै नपाएकोले न्यायको लागि शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरण अनसन सुरु गर्नुभएको हो ।

पदस्थापना हुने विद्यालय भौगोलिक रुममा विकट रहेको तथा अपाङगमैत्री नभएको र आफू दृष्टिविहिन भएकोले सहायक आवश्यक पर्ने हुँदा उक्त क्षेत्रमा जान नसक्ने उहाँको भनाई छ । ‘मेरो शारीरिक अवस्थालाई हेरेर पोखरा क्षेत्रका कुनै पनि विद्यालयमा आफूलाई पदस्थापन गर्न पाउँ भन्दै केन्द्र, स्थानीय तह र प्रदेश सरकारसँग आफ्ना माग राख्दै अन्सन बसेको हुँ’ उहाँले बताउनुभयो ।

नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्वन्धी ऐन २०७४ अनुसार दृष्टिविहिन महिला शिक्षकलाई पायक र पहुँचयुक्त विद्यालयमा पदस्थापन गरि रोजगारिको अधिकार सुनिश्चित हुनुपर्ने भएपनि व्यवहारमा यस्तो नभएको शोभा पौडेलले बताउनुभयो ।

blind teacher shova paudelshova paudel

अन्य

भिडियो