१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गोरखा जिल्ला भीमसेन नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक कोइरालालाई असार ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाको बाबुले छोरीलाई गत असार २४ गते भरतपुरमा ल्याई विवाह गरेको भनी बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३० गते जाहेरी दिएका थिए ।
आरोपित विरुद्ध साउन १ गते मुद्दा दर्ता भई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप समेत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित बालिकाको साउन १ गते स्वास्थ्य परीक्षण भरतपुर अस्पताल गरिएको छ ।