INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले गोरखा भीमसेन नगरपालिका ३ वस्ने वर्ष २२ का अशोक कोइरालालाई असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडितको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३० गते जाहेरी दिएको थियो ।

आरोपीतविरुद्ध साउन १ गते आइतबार मुद्दा दर्ता भइ चितवन अदालतबाट ७ दिनको म्याद थप समेत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि आइतबार नै भरतपुर अस्पताल पठाइएको छ ।

अन्य

भिडियो