INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको गोरखपुर लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असार २९ गते ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा-५ की २५ वर्षीया निमु शेर्पालाई गिरफ्तार गर्नुका साथै पीडितको उद्धार गरेको छ ।

घटनास्थलबाट पीडित युवतीकी ३० वर्षीया सौतेनी दिदी फरार रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

डिएसपी पाण्डेका अनुसार उद्धार गरिएकी युवतीलाई हाल रुपन्देही स्थित एक पुनःस्थापना गृहमा राखी परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।

अन्य

भिडियो