INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका– १३ बस्ने ५५ वर्षीय रामेश्वर नेपालीलाई प्रहरीले २०८० असोज ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटक पटक र पछिल्लो पटक २०७९ फागुन महिनामा बलात्कार गरेको भन्दै पीडित पक्षले २०८० असोज ७ गते जिल्ला प्रहरी कार्यालय स्याङजामा लिखित उजुरी दिएका थिए ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई कास्की प्रहरीको समन्वयमा मणिपाल शिक्षण अस्पतालबाट पोखराबाट गिरफ्तार गरि अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम कुमार जिसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २०८० भदौ ६ गते स्याङ्जा जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो