INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ५ गते धादिङ अस्पतालमा भयो । प्रहरीले आरोपितलाई सोही दिन घरैबाट गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको डिएसपी जैसवारले बताउनु भयो ।

अन्य

भिडियो