INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुको आरोप

धुलिखेल नगरपालिकामा ०८० असोज १ गते अनेरास्ववियुका कार्यकर्ताहरूको समूहले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ ।

उक्त कुटपिटबाट अनेरास्ववियुका कार्यकर्ता मण्डन देउपुर नगरपालिका-७ का २२ वर्षीय प्रविन पौडेल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका २३ वर्षीय साजन तामाङ घाइते भएका छन् । घाइतेहरूको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे अनेरास्ववियुले असोज १ गते विज्ञप्ति जारी गर्दै कुटपिट गरेको विषयलाई लिएर काभ्रे जिल्लाका एसपी भुप्रेन्द पुरुष लगायत सात जनाको टोलिले आन्दोलनकारीलाई कुटपिट गरी आन्दोलन बिथोल्न निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘धुलिखेलमा अनेरास्ववियु जिल्ला कमिटीले सङ्गठनको सिन्धुपाल्चोकका जिल्ला कमिटि सहसंयोजक र सचिवालय सदस्यलाई तेल बोकेको गाडिले ठक्कर दिई हत्या भएको विषयमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दै गर्दा भदौ ३१ गते काभ्रे जिल्लाका एसपी पुरुषले आन्दोलनकारीलाई कुटपिट गरी आन्दोलन बिथोल्न निर्देशन दिएको र त्यसपछि आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारीहरूबाट गरिएको दुर्व्यवहारप्रति अनेरास्ववियु काभ्रे जिल्ला कमिटि घोर भत्सर्ना गर्दछ ।’

विज्ञप्तिमा कुटपिट गरी घाइते भएको घटनालाई गम्भीरता पूर्वक लिई एसपी भुप्रेन्द पुरुषमाथि कारबाही गरी अन्य संलग्न प्रहरीलाई समेत तुरुन्त माफ माग्न अपिल गरिएको छ ।

Photo_080-6-3_Kavre1

Photo_080-6-3_Kavre

अन्य

भिडियो