INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले ०८० भदौ ३१ गते तनहुँको म्याग्दे गाउँपालिका-६ का २० वर्षीय कृष्ण मगरलाई १८ वर्ष कैद सजाय, ६ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।

पीडित बालिकालाई मगरले ०७७ चैत २४ गते इच्छाकामना गाउँपालिका-५, मुग्लिन स्थित होटलमा जन्मदिन मनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय, मुग्लिनमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २९ गते भरतपुर अस्पतालमा भयो । आरोपित सोही दिन घरबाटै गिरफ्तार भएका थिए । जिल्ला अदालतको आदेशले आरोपितलाई ०७८ साउन २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अदालतका श्रेष्तेदार विष्णु आचार्यका अनुसार २२ औँ पेशीमा दुई वर्षपछि यो मुद्दाको फैसला भएको हो ।

अन्य

भिडियो