INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

शुभकालिका गाउँपालिका–८ की २१ वर्षीया शुष्मा शाहीले आफूलाई २८ वर्षीय पति प्रकाश शाहीले घर निकाला गरेको आरोपमा भदौ २९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ ।

आरोपित शाहीले भदौ २८ गते अर्काे विवाह गर्छु भन्दै घर छोड्न धम्की तथा नछोडे मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनुभएको हो ।

आरोपित शाही विरुद्ध उजुरी निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी इन्स्पेक्टर पोषण थापाले बताउनुभयो ।

आर्थिक अभावका कारण कानुनी प्रक्रियमा जान समस्या भएको भन्दै पीडितले इन्सेक र सोशेकमा आवश्यक सहयोगका लागि भदो २९ गते निवेदन दिनुभएको थियो ।

अन्य

भिडियो