१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी, महादेवा गाउँपालिका-२ स्थायी घर भइ सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक लक्ष्मीप्रसाद शाहलाई भदौ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा कार्यरत आरोपितलाई अनुुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बूले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २९ गते गरिएको छ ।