४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-९ धुलाबारीका ४२ वर्षीय तिलक श्रेष्ठलाई भदौ २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८० भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २५ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ २५ गते गरिएको छ ।