INSEC Online

📅 २०८३ जेष्ठ २१

न्याय मरेको भन्दै आरती साहको आफन्तले गरे केश मुण्डन

दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरी आरती साहको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै ८५ दिनदेखि रिले अनशन बसिरहेका आरतीको माइती पक्षका परिवारले माइतीघर मण्डलमा केश मुण्डन गरेका छन् ।

माइतिघरमा ०८० असार १ गतेदेखि रिले अनशन बसिरहेका आरतीका बुबा विनोदप्रसाद, काका, दाजु, भाइ र मामा लगायतले आफ्ना लागि न्याय मरिसकेको र सरकार नभएको आभास भएकाले कपाल मुण्डन गरिएको इन्सेकलाई बताउनु भयो ।

अनशमा बस्दै आउनुभएका आरतीका मामा सन्तोष कुमार साहले आफूहरूको लागि सरकार र अदालतबाट न्यायको आश मरिसकेकाले हिन्दु धर्मशास्त्र अनुसार मरिसकेको मान्छेको कपाल खौरिएर श्राद्ध गर्ने चलन जस्तै सरकारलाई संदेश दिन कपाल खौरिएको बताउनु भयो ।

जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी २३ वर्षीया आरती साह ०८० जेठ ७ गते पतिको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोको निहुमा कुटपिट गरेर हत्या गरिएको भन्दै घटनाबारे छानबिनको माग गर्दै आरतीको परिवार ८५ दिनदेखि माइतिघर मण्डलामा रिले अनशन बस्दै आएको छ ।

Photo_080-5-22_Kathmandu

अन्य

भिडियो