१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ-२ का २६ वर्षीय विजय राईलाई भदौ १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० भदौ १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १५ गते गरिएको छ ।