३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका– ६ घर भई पाल्पामा बस्दै आएका ३७ वर्षीय केदारबहादुर परियारलाई भदौ १७ गते तीन वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवबहादुर थापाले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई कात्तिक २ गते तानसेनबाट गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १ गते पाल्पा अस्पतालमा गरिएको थियो ।