INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका-२ का ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले ०८० भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १४ गते गोदावरी नगरपालिका-२, त्रिवेणीस्थित जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते जिल्ला प्रहरी परिसरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई लाकुरी भन्ज्याङबाट भदौ १६ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते पाटन अस्पतालमा भयो । प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसएसपी शाहले बताउनु भयो ।

अन्य

भिडियो