INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय चिरञ्जीवी बोहोरालाई भदाै  १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आराेपितले भदाै ‍‍‍‍‍‍‍ १२ गते बलात्कार गरेकाे आराेपमा पीडित पक्षले आराेपितविरुद्ध भदाै १४ गते जिल्ला प्रहरी कार्यालयमा दिएकाे उजुरी  दिएकाे  थियाे ।

आराेपितकाे कोठामा सललगायत प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १४ गते जिल्ला अस्पताल,डोल्पामा भएकाे  थियाे ।

अन्य

भिडियो