INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता नागरिकहरूको अवस्था सार्बजनिक गर्न माग

बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरूको १३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्र्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा द्वन्द्व पीडित समिती बर्दिया, इन्सेकलगायतका संघ संस्थाको आयोजनामा  भदौ १३ गते बेपत्ता किन सार्बजनिक भएनन् ? कानुन र राजनितिक प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले  बेपत्ता नागरिकहरूको अवस्था सार्बजनिक गर्न माग गरेका छन् ।

कार्यक्रममा बोल्दै  बारबर्दिया नगरालिका–१ की ५२ वर्षीया पीडित देवसरा खत्रीले २१ बर्ष बित्दा पनि श्रीमानको अवस्था अज्ञात भएको बताउनु भयो । उहाँले प्रत्येक वर्ष मेरो श्रीमान् खोइ भन्दै खोज्दा खोज्दै थाकिसकेकोले  जिउँदो वा मुत्यु के भएको हो सार्बजनिक गरिदिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बर्दियामा २ सय २४ जना बेपत्ता र ३ सय ७१ जना मुत्यु भएको सरकारी तथ्यांक रहेको जानकारी दिनु भयो । उहाँले बेपत्ता परिवारलाई परिचय पत्र दिने, सिफारिस दिने लगायत काम प्रशासन कार्यालयले गर्दै आएको बताउनु भयो ।

प्रजिअ रिसालले  स्वास्थ्य र शिक्षा पाउनु पर्ने सुबिधाबाट कोही वञ्चित भएको भए त्यसको लागि कार्यलयले सहजिकरण गर्ने बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले २०६३ मङ्सिर ५ गते भएको शान्ति सम्भौतामा सुरक्षा फौज र बिद्राही पक्षले बेपत्ताहरुको अवस्था ६० दिनमा सार्वजनिक गर्ने भने पनि हालसम्म सार्बजनिक हुन नसकेको बताउन्ु भयो ।

महतले इन्सेकले  १७ वर्षदेखि निरन्तर बेपत्ताको अवस्था सार्बजनिक गर्नुपर्छ भन्दै पीडितको साथमा रहेर आवाज उठाउदै आएको बताउनु भयो ।

द्वन्द्व पीडित समितीका अध्यक्ष भागीराम थारुले कसल बेपत्ता पार्योे , किन पार्यो,  कुन उदेश्यले पार्यो त्यो परिवारको सदस्य थाहा पाउनु पर्छ भन्ने उदेश्यले अन्तर्राष्ट्रिय बेपता दिवस मनाउने थालिएको बताउनु भयो । उहाँले २०५७ देखि २०६२ सम्म  बर्दियामा सबैभन्दा बढी नागरिकलाई  बेपत्ता पारिएको र पीडितको  अवस्था हालसम्म सार्बजनिक हुन नसकेको बताउनु भयो ।

उहाँले पीडितले सत्य जान्न पाउने अधिकारबाट राज्यले वञ्चित गर्नु दुःखद रहेको भन्दै अविलम्ब बेपताको अवस्था सार्बजनिक हुनु पर्नेमा जोडदिनु भयो ।

अन्य

भिडियो