२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ, विराटनगर महानगरपालिका-१६ स्थायी घर भइ कटारी नगरपालिका-४ जहडी बस्ने ४२ वर्षीय दिनेश पण्डितलाई भदौ १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८० भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यलय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी रबिन कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा भदौ १३ गते गरिएको छ ।