INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ ११ गते खैरहनी नगरपालिका-६, प’रानो पर्साका १५ वर्षीय बालकलाई ६ महिना कैद सजाय र २० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

पीडित बालिकालाई बालकले ०८० असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, खैरहनीमा उजुरी दिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण असार २ गते भरतपुर अस्पतालमा भयो । बालक सोही दिन घरबाटै गिरफ्तार भएका थिए । उक्त फैसलासँगै बालकलाई बालसुधार गृह, भक्तपुर पठाइएको अदालतका श्रेष्तेदार विष्णु आचार्यले जानकारी दिनुभयो ।

अन्य

भिडियो