INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित मलङ्गवा नगरपालिका–५ भाँडसर का ३८ वर्षीय बुधीलाल भन्ने मोहित खिड्हरी विरुद्ध भदौ १२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

आरोपित खिड्हरीले दुई जना बालकलाई रोजगारीको प्रलोभन देखाई भदौ १० गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय भाँडसरकाे टाेलीले बेचबिखन प्रयास गरेको आसङ्कामा सोध पुछ गर्न खोज्दा आरोपित फरार भएका थिए जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो । फरार आरोपितको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो