२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका-१ बेलसोतका २५ वर्षीय जयबहादुर खपाङ्गीलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८० भदौ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ११ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आाधारमा आरोपितलाई अनुसन्धानका लागि भदौ ११ गते घरबाटै गिरफ्तार गरेको डिएसपी रविन कार्कीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा भदौ ११ गते गरिएको छ ।