२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दमक नगरपालिका-५ यलम्बर चोकमा डेरा गरी बस्ने ४३ वर्षीय मोहनबहादुर राईलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई ०८० साउन १८ गते बलात्कार गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका-३ स्थायी घर भएका आरोपित राईलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल भद्रपुरमा भदौ ४ गते गरिएको छ ।