रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित त्रिवेणी चोकमा नेपाली काङ्ग्रेसले विजय जुलुस गरिरहेका समयमा होटलमा बसेर वियर तथा रेडबुलका बोतल प्रहार गरेको आरोपमा प्रहरीले एमालेका ३७ वर्षीय सुवास आचार्य, ३४ वर्षीय भीम राई र ३३ वर्षीय शिव खतिवडालाई असार १६ गते साँझ गिरफ्तार गरेको छ ।
आरोपित राई र आचार्यलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको हो भने खतिवडालाई अर्कै ठाउँमा लुकीरहेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए ।