INSEC Online

📅 २०८३ जेष्ठ २१

चिनियाँ नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्माणाधिन मुग्लिन–पोखरा सडक आयोजनामा कार्यरत चिनियाँ प्राविधिकलाई अभद्र व्यवहार गरेको अरोपमा प्रहरीले आवुँखैरेनी गाउँपालिका–२ घर भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला क मिटिका सदस्य चन्द्रबहादुर गुरुङलाई ०८० भदौ १ गते आवुँखैरेनी गाउँपालिका–४ बाट गिरफ्तार गरेको छ ।

मुग्लिन–पोखरा सडक आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनीले मजदुरहरुलाई काम गरेको पैसा भुक्तानी नदिएको भन्दै गुरुङको नेतृत्वमा चिनियाँ प्राविधिकहरुलाई निर्माण क्षेत्रमा अभद्र व्यवहार भएको भन्दै उजुरी परेपछि गुरुङलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिनु भयो ।

चिनियाँ कम्पनीले भने स्टमेट भन्दा बाहिर रहेर गरिएको कामको भुक्तानी दिन नसकिने भन्दै भुक्तानी रोकेको र त्यही निहुँमा गुरुङ सहितका केही स्थानीय र चिनियाँ प्राविधिकहरु विच विवाद भएको र राजमार्ग समेत अवरुद्ध भएपछि गुरुङलाई गिरफ्तार गरिएको एसपी विष्टले बताउनु भयो ।

यता क्रान्तिकारी कम्युनिष्ट पार्टी तनहुँ जिल्ला कमिटिले विज्ञप्ति प्रकाशित गरि सो पार्टीका जिल्ला सदस्य चन्द्रबहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको भन्दै गुरुङलाई तत्काल बिनासर्त रिहाई गर्न माग गरेको छ । जिल्ला इन्चार्ज बाबुराम सुवेदी सह संयोजक नारायण लम्सालले जारी गरेको विज्ञप्तिमा गुरुङलाई झुठामुद्दामा फसाउँने कार्य भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी राज्यपक्ष हुने चेतावनी दिइएको छ ।

अन्य

भिडियो