INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

सशस्त्र द्वन्द्वमा बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई बलेफी गाउँपालिका-३ की लक्ष्मी न्यौपानेले आग्रह गर्नुभएको छ । बेपत्ता पति बिष्णुप्रसाद न्यौपानेको खोजिका लागि पहल गरिदिन ०८० साउन ३१ गते इन्सेक जिल्ला प्रतिनिधि समक्ष पुगि लक्ष्मी न्यौपानेले आग्रह गर्नुभएको हो ।

बिष्णुप्रसाद न्यौपाने
बिष्णुप्रसाद न्यौपाने

बेपत्ता बिष्णु न्यौपानेलाई माओवादी भएको आरोपमा ०६१ भदौ २९ गते काठमाडौँको कोटेश्वरबाट तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरी लगेकोमा हालसम्म अवस्था अज्ञात रहेको पत्नी लक्ष्मी न्यौपानेले बताउनु भयो । मजदुरीका लागि काठमाडौँ गएका पति हालसम्म घर नफर्केको कारण खोजिका लागि पहल गरिदिन बेपत्ता परिवार लक्ष्मीको आग्रह छ ।

बेपत्ता पतिको खोजिका लागि यसभन्दा अघि धेरै पटक सदरमुकाम पुगेर विभिन्न निकायमा अनुरोध गरेको तर हालसम्म पत्ता लगाउन नसकेको उहाँको भनाइ छ ।

तत्कालिन युद्धरत पक्ष नेकपा माओवादीको सामान्य समर्थक भएपनि दुवै पक्षको चेपुवामा परेका कारणले घरमा बस्न नसकेर बिष्णुप्रसाद न्यौपाने मजुदुरीका लागि काठमाडौँ गएका थिए । काठमाडौँमा मजदुरी गरिरहेकै अवस्थामा न्यौपानेलाई सेनाले गिरफ्तार गरी लगेको लक्ष्मी न्यौपानेले बताउनु भयो ।

पतिको खोजिका लागि सरकारले गठन गरेको सत्य निरुपण तथा बेपत्ता आयोगमा निवेदन दिएको भएपनि सो आयोगले पतिको अवस्था बारे हालसम्म कुनै जानकारी नगराएको बेपत्ता पत्नी लक्ष्मी न्यौपानेको गुनासो छ ।

Photo_080-4-32_Sindhupalchok
बेपत्ता पतिको खोजिका लागि पहल गर्न आग्रह गर्दै लक्ष्मी न्यौपाने

अन्य

भिडियो